नियम १०१
उमेर पूरा भई अवकाश हुने कर्मचारीको सेवा अवधिमा थप
ऐनको दफा ४५ को
उपदफा (१) बमोजिम साठी वर्ष उमेर पूरा भई अवकाश पाउने कर्मचारीलाई सोही
दफाको उपदफा (२) बमोजिम नेपाल सरकारले देहायको आधारमा तीन वर्षको एक
अवधि थप गर्न सक्नेछ ः-
(क) अवकाश हुने कर्मचारी सेवामा कामकाज चलाउन अत्यावश्यक
देखिएमा ।
(ख) आवकाश हुने कर्मचारीको पछिल्लो दुई वर्षको कार्य सम्पादनको
मूल्याङ्कनको स्तर कम्तीमा उत्तम रहेमा ।
तर कुनै कर्मचारी निलम्बन भएकोमा सो अवधिमा र कुनै
किसिमको विभागीय सजाय पाएकोमा सवा अवधि थप गरिने छैन ।